गैर आवासीय नेपाली संघ र नेपाली सेना वीच विपद व्यवस्थापनमा सहकार्य

Event Date: 06 Oct 2016 | Source: NRNA NEW ZEALAND

गैर आवासीय नेपाली संघ र नेपाली सेना वीच विपद व्यवस्थापनमा सहकार्य

गैर आवासीय नेपाली संघ र नेपाली सेना वीच विपद व्यवस्थापनमा सहयोग तथा सहकार्य सम्वन्धी कार्यशाला गोष्ठी गत ४ अक्टूवर २०१६ का दिन सम्पन्न भयो।
सो गोष्ठीमा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरुका साथै गैर आवासीय नेपाली संघ आइ सिसिका अध्यक्ष श्री शेष घले, प्रमुख संरक्षक जीवा लामिछने, उपाध्यक्ष श्री कुमार पन्त, महासचिव बद्री के सी , वुमेन फोरमका को-र्डिनेटर सपिला राजभण्डारी अन्य आसिसि पदाधिकारीहरु, गैर आवासीय नेपाली संघ केन्द्रीय कार्यालयका निर्देशक श्री राजेश सम्शेर राणाका साथै गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डका अध्यक्ष श्री वावुराजा महर्जनको पनि सहभागिता रहेको थियो। 
गोष्ठीमा नेपाली सेनाले बिपद व्यवस्थापनमा पुर्याउंदै आएको सहयोग, संगठानिक क्षमता तथा कमी-कमजोरीहरुको विवरण पेश गरिएको थियो भने गैर आवासीय नेपाली संघको तर्फ वाट महासचिव डा बद्रि केसी ले संगठनको क्षमता र कमी-कमजोरीको बृस्तृत विवरण पेश् गर्नु भएको थियो।
संघका अध्यक्ष शेष घलेले गौरवमय इतिहास वोकेको, राष्ट्रिय-अन्त-राष्ट्रीय गरिमा बोकेको नेपाली सेनासंग सहकार्य र समन्वय गर्न पाउनुले गैर आवासीय नेपाली संघको इज्जत र प्रतिष्ठा वढेको विचार व्यक्त गर्नु भयो ।
सो अवसरमा गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डका अध्यक्ष श्री वावुराजा महर्जनले १९५३ मा तेन्जिङ्ग् नोर्गे र न्यूजिल्याण्डवासी सर एडमण्ड हिलारीले सगरमाथाको प्रथम सफल आरोहण गरे पश्चात न्यूजिल्याण्ड र नेपालको घनिष्टता शिखरमा पुगेको र नेपालीहरुप्रति न्यूजिल्याण्डमा राम्रो इज्जत रहेको कुरा उल्लेख गर्दै विपद व्यवस्थापनमा नेपाली सेनाले अपेक्षा गरे अनुसारको तालिम र अन्य भौतिक सामग्री सम्वन्धी विषयमा न्यूजिल्याण्डले गर्न सक्ने सहयोगको लागि प्रयत्नशील रहने जानकारी दिनु भयो ।