गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड द्वारा सगरमाथा दिवस मा उपस्थिति हुन् हार्दिक अनुरोध I

Published On: Tuesday, May 22, 2018 | Source: NRNA NEW ZEALAND
गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड द्वारा आगामी २ जुनमा क्राइष्टचर्चमा सगरमाथा दिवस मनाउन गैराखेको कुरा यहाँ हरु मा बिधितै छ I सगरमाथा आरोहणको ६५ औ वार्षिकोत्सवको उपलक्षमा गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले सगरमाथा दिवस मनाउँदै छ ।नेपाल र न्युजिल्याण्ड बीच को सम्वन्ध सगरमाथासँग जोडिएकाले पनि गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड द्वारा येस दिवस लागि निकै महत्व का साथ हरेक साल मनाउने गर्दछ। उक्त कार्यक्रमको प्रमुख उद्देष्य सगरमाथा-आरोहीहरुलाई सम्मान गर्नुका साथै स्थानीय र अन्तराष्ट्रिय समुदायको बीच नेपाली कला - संस्कृति -पर्यटन तथा भेष- भुषा लाई प्रवर्धन गर्नु रहेकोछ। यसका साथै स्थानीय र अन्तराष्ट्रिय समुदायलाई नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने र भिजिट नेपाल २०२०लाई प्रमोट गर्नु पनि रहेकोछ । कार्यक्रममा मंत्री, मेयर र अन्तराष्ट्रियय समुदायका ब्यक्तित्त्वका साथै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद का प्रतिनिधीहरुको पनि सहभागिता रहने छ I उक्त कार्यक्रमलाई क्राइसचर्चको नेपाल न्यूजिल्याण्ड फ्रेन्डशीप सोसाइटी र क्यानटबेरी नेप्लिज सोसाइटीको सहयोग रहेको छ । कार्यक्रम मा नेपाली सास्कृतिक नाच गान, स्मारिका बिमोचन लगाएत नेपाली खानाको व्यवस्था पनि गरिएको छ र खानाको कुपन $१०मा उपलव्ध हुनेछ। कार्यक्रम को सम्पूर्ण तयारी पुरा भई सकेको हुदा गैर आवासीय नेपाली संघ न्युजिल्याण्ड द्वारा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरु मा येस बिसेष कार्यक्रममा उपस्थित भएर सहयोग गरी कार्यक्रम को शोभा बढाई दिनु हुन बिनम्र अनुरोध गर्न चाहन्छौ ।
           
प्रबक्ता 
बिष्णु रेग्मी तथा 
गैर आवासीय नेपाली संघ न्यूजिल्याण्ड परिवार ।