न्यूजिल्याण्डमा दुतावास स्थापनार्थ

Published On: Wednesday, October 5, 2016 | Source: NRNA NEW ZEALAND

न्यूजिल्याण्डमा दुतावास स्थापनार्थ 
सम्माननीय प्रधानमंत्री श्री पुष्प कमल दाहाल र गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डका अध्यक्ष वावुराजा महर्जन वीच छलफल

सन १९५३ मा सर एडमण्ड् हिलारी र तेन्जिङ्ग् नोर्गे ले इतिहासमा पहिलो पटक सगरमाथाको टुप्पो सम्म सफल् आरोहण गरे देखि विकसित भएको नेपाल -न्यूजिल्याण्ड सम्वन्धलाइ न्यूजिल्याण्ड पुग्नु हुने पहिलो नेपाली वरिष्ठ संस्कृतिविज्ञ सत्य मोहन जोशीले दुइ देश वीचको सम्वन्ध अझ मजवूत पार्न सक्दो सहयोग गर्नु भएको थियो । अहिले न्यूजिल्याण्डमा नेपालीहरुको वाक्लो उपस्थिति (१० हजार को हाराहारीमा) भैसकेको र वीचमा सिथिल रहेको सम्वन्धलाई उच्च धरातलमा पुर्याई आर्थिक-राजनैतिक-सांस्क्रितिक तथा पर्यटकीय सम्वन्ध समेत मजवूत वनाई नेपाल र न्यूजिल्याण्ड् दुवै देशको हित अनुकूल न्यूजिल्याण्डमा नेपाली दुतावास खोल्न नेपाल सरकारलाई अनुरोध र सहयोग दुवै गर्ने गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डको निर्णय अनुसार अध्यक्ष वावुराजा महर्जनज्युले हिजो ५ अक्टूवर २०१६ मंगलवार दुतावास स्थापनावारेको वृस्तृत प्रस्ताव संघीय गणतान्त्र नेपालका प्रधानमंत्री सम्मानीय श्री पुष्प कमल दाहाल समक्ष प्रस्तुत गर्नु भएको छ। प्रधानमंत्रीवाट त्यस्लाई सकारात्मक ठान्नु भएको कुरा अध्यक्ष महर्जनले जानकारी दिनु भएको छ ।